सोयाविन उद्योगमा आगलागी, चार करोडको क्षति
सांकेतिक तस्बिर

कैलालीको टीकापुरमा रहेको एक सोयाविन उद्योगमा आगलागी भएको छ । टीकापुर नगरपालिका–३ शंकरपुरस्थित सोयाबिन उद्योगमा बुधबार बिहान आगलागी भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार बलायर सोयाविन उद्योगमा बिहान करिब ४ बजेतिर भएको आगलागीमा परी करिब चार करोडको भएको छ  । इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र टीकापुर नगरपालिकाको दमकलको सहयोगमा  बिहान ६ बजेपछि आगो नियन्त्रणमा लिइएको थियो । विद्युत सर्ट भई आगलागी भएको प्रहरीको अनुमान छ । 





  • प्रकाशित मिति : कात्तिक १२, २०७७ बुधबार १२:४९:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया