चालु वर्षको पहिलो तीन महिनामा वैदेशिक व्यापार घाटा १५ प्रतिशतले कमी

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालले ३ खर्ब २३ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । गत वर्ष यही अवधिमा ३ खर्ब ६२ अर्ब रुपैयाँ बराबरको व्यापार भएको थियो । यो तीन महिनाको अवधिमा ३९ अर्बको वैदेशिक व्यापारमा कमी आएको छ ।

कोरोना असरका कारण कतिपय नाका बन्द भएकाले वैदेशिक व्यापारमा कमी आएको हो ।

चालु आर्थिक वर्षको तेस्रो महिनासम्ममा गत वर्षको यसै अवधिको तुलनामा आयात १२.७४ प्रतिशतले घटेको छ भने निर्यात १४.२८ प्रतिशतले बढेको छ।

आयात घट्नु र निर्यात बढ्दै जाँदा वैदेशिक व्यापार घाटामा पनि केही कमी आएको छ । असोज मसान्तसम्ममा नेपालको वैदेशिक व्यापार घाटा अघिल्लो वर्षको तुलनामा १५.१३ प्रतिशतले घटेको हो।

गत वर्षको असोज मसान्तसम्ममा ३ खर्ब ७ अर्ब रुपैयाँ रहेको वैदेशिक व्यापार घाटा यस वर्ष घटेर २ खर्ब ६१ अर्ब रुपैयाँमा झरेको छ।

तीन महिनामा विभिन्न देशबाट ३१ अर्ब ४ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको छ भने २ खर्ब २ अर्ब २६ करोड रुपैयाँको आयात भएको छ। गत वर्षको यसै अवधिमा २७ अर्बको वस्तु तथा सेवा निर्यात भएको थियो भने ३ खर्ब ३४ करोड रुपैयाँको आयात भएको थियो।



यस अवधिमा सोयाविन तेलको निर्यात सबैभन्दा धेरै भएको छ । तीन महिनामा ७ अर्ब ७० करोड रुपैयाँको सोयाविन तेल नेपालबाट अन्य देशमा निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ।

चालु आर्थिक वर्षको तीन महिनामा मोबाइल फोनको आयात सबैभन्दा बढी भएको देखिन्छ । तीन महिनामा ११ अर्ब १० करोडको मोबाइल फोन आयात भएको छ। त्यस्तै फलाम तथा स्टिलका अर्धनिर्मित वस्तुहरु ९ अर्ब ८५ करोड रुपैयाँको आयात भएको छ भने ८ अर्ब ९६ करोडको डिजेल आयात भएको छ।



दसैंका लागि आयात बढ्दा अघिल्ला दुई महिनाको तुलनामा असोजमा आयात बढेको छ।  असोजमा मात्रै नेपालले १ अर्ब २४ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ।

  • प्रकाशित मिति : कात्तिक १२, २०७७ बुधबार १६:१:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया