सामान्य घटेको बजारमा ३ अर्बभन्दा बढीको कारोबार

बुधबार ४१ अंकले बढेको बजारमा बिहीबार थोरै करेक्सन देखिएको छ । बढेर खुलेको बजारमा दिनभर उतारचढाव देखिँदै अन्ततः पौने दुई अंक घटेर बन्द भएको हो ।
बिहीबार कारोबार रकम भने तीन अर्ब रुपैयाँ नाघेको छ । बुधबार पौने तीन अर्बको कारोबार भएको बजारमा आज ३ अर्ब ३ करोड रुपैयाँभन्दा बढीको  कारोबार भएको छ ।

लगानीकर्ता नाफा बुक गर्न केन्द्रित भएपछि नेप्से १ दशमलव ७८ अंकले घटेर १ हजार ६ सय ४५ दशमलव ६७ अंकमा कायम भएको हो।

बिहीबार १ सय ९२ वटा कम्पनीको १ करोड ३ लाख ६५ हजार कित्ता सेयर ४१ हजार ९ सय ९ पटक खरिद बिक्री हुँदा ३ अर्ब ३ करोड ७६ लाख ९४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

साताको अन्तिम कारोबारमा वाणिज्य बैंक, होटल, विकास बैंक, फाइनान्स, उत्पादनमूलक र म्युचुअल फण्ड समूह घटेको छ भने बीमा र लघुवित्त समूहको सूचक बढेको छ । 

कारोबार रकम दैनिक रुपमा बढेका कारण सेयर बजारले केही समयभित्र निश्चित लय समाउने विश्लेषकको भनाइ छ । तिहारअघि बजार १७ सय अंकसम्म पुग्ने अनुमानसमेत हुन थालेको छ ।

आज निर्जीवन बीमा समूहको उपसुचक सबैभन्दा बढी ३९ दशमलव ८९ अंकले बढेको छ। त्यस्तै व्यापार, जलविद्युत, लघुवित्त, जीवन बीमा र अन्य समूहको उपसूचक क्रमशः १९ दशमलव ९५, ६ दशमलव ७५, १२ दशमलव ७४, ८ दशमलव ८६ र ५ दशमलव ८३ अंकले बढेको छ।



सबैभन्दा धेरै घट्नेमा भने उत्पादन समूहको उपसुचक ३४ दशमलव ८५ अंकले घटेको छ। बैंकिङ समूह ६ दशमलव २७, होटल समूह १५ दशमलव ४२, विकास बैंक समूह १६ दशमलव ८२ र वित्त समूह २ दशमलव ६२ अंकले घटेको छ।

बैंकहरुको गत वर्षको लाभांश घोषणा बाँकी नै रहेको र असोज मसान्तको वित्तीय विवरण पनि ठिकठाकै रहने देखिएकाले सूचक घटे पनि कारोबार भने वृद्धि भइरहेको हो । 



  • प्रकाशित मिति : कात्तिक १३, २०७७ बिहीबार १५:५४:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया