कंगनाले किन भनिन् मलेसियाका पूर्वप्रधानमन्त्रीलाई रगतका प्यासी र राक्षस ?

बलिउड अभिनेत्री कंगना रनावटले मलेसियामा पूर्व प्रधानमन्त्रीलाई गम्भीर आरोप लगाएकी छिन्। उनले ट्विट गर्दै मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहमदलाई रगतको प्यासी भनेकी छिन्।उनले पूर्व प्रधानमन्त्री महाथिरलाई राष्ट्रपति भन्दै गाली गरेकी छिन्।

‘यी व्यक्ति रगतका प्यासी देखिन्छन्। कस्तो मूर्खतापूर्ण तर्क हो’ रनावटले ट्विटरमा लेखेकी छिन्,‘विगतको नरसंहारको बदलामा क्रिस्चियन र मुस्लिमलाई मार्न अधिकार हिन्दुसँग छ ?’एक राष्ट्रपति भएर मूर्खतापूर्ण कुरा गरेको उनले बताएकी छिन्।

उनले तत्कालै दोस्रो ट्विट गरेर प्रधानमन्त्री हुनपर्नेमा राष्ट्रपति भएको भनी माफी मागेकी छिन्।महाथिरलाई उनले प्राइम मोन्स्टर(प्रधान राक्षण) भनेकी छिन्।

किन गाली गरिन महाथिरलाई

बिहीबार फ्रान्सको निस सहरमा रहेको एक चर्चामा मुस्लिम कट्टरपन्थीले चक्कु आग्रमण गरेका थिए। आक्रमणमा एक महिलाको शीर काटिएको थियो , तीन जनाको मृत्यु भएको थियो।पेरिसमा केहीदिन पहिले एक शिक्षकको पनि मुस्लीम कट्टरपन्थीहरुले हत्या गरेका थिए।

फ्रान्समा भएको यो हत्याको विषयमा  महाथिरले विवादास्पद अभिव्यक्ति दिएका थिए। उनले विगतमा मुस्लिममाथि भएको नरसंहारको लागि फ्रान्ससँग रिसाउनु स्वभाविक भएको बताएका थिए। फ्रान्सका व्यक्तिको हत्या गर्ने हक मुस्लिमहरुलाई भएको तर्क गरेका थिए। यस अभिव्यक्तिको व्यापक आलोचना भएपछि उनले ट्विट डिलिट गरेका थिए। यसै अभिव्यक्तिलाई लिएर कंगना महाथिरमाथि खनिएकी हुन् । 





  • प्रकाशित मिति : कात्तिक १४, २०७७ शुक्रबार १६:१३:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया