छुरा प्रहार गरी एक जनाको हत्या

काठमाडौंको टोखा नगरपालिका ५ धापासीमा छुरा प्रहारबाट एकजनाको हत्या भएको छ । गोरखा घर भएका २४ वर्षीय आशिष मगरको छुरा प्रहारबाट मृत्यु भएको हो ।

धापासी हाइटस्थित देवी मन्दिरको प्राङ्गणमा अपरिचित मानिसहरुले एक्कासि छुरा प्रहार गर्दा गम्भीर घाइते भएका मगरको चिरायु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

महानगरीय प्रहरी वृत्त महाराजगञ्‍जबाट खटिएको प्रहरीले छुरा प्रहार गर्ने व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।





  • प्रकाशित मिति : कात्तिक १४, २०७७ शुक्रबार १८:१५:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया