दिल्ली र बैंग्लोरको लक्ष्य प्ले अप

इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शनिबार (आज) दुई खेल हुँदैछन् ।  आज हुने खेलमा दिल्ली क्यापिट्ल्सले मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंग्लोरले सनराइजर्स हैदराबादको सामना गर्नेछन् ।

नेपाली समयअनुसार दिउँसो पौने चारमा दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने आजको पहिलो खेलमा दिल्ली र मुम्बईले प्रतिस्पर्धा गर्नेछन् ।

लगातार ३ खेलको हारको शृंखला अन्त्य गर्दै प्ले अपमा स्थान सुरक्षित गर्ने दाउमा रहेको दिल्लीका लागि लयमा देखिएको मुम्बईविरुद्ध जित हात पार्न त्यति सहज भने हुने छैन । हाल ऊ १२ खेलबाट ७ जित र ५ हारको नतिजासहित लिगको तेस्रो स्थानमा छ । 

दिल्लीका लागि ब्याटिङमा शिखर धवन र कप्तान श्रेयस अय्यर र बलिङमा कागिसो राबडा र एनरिच नोत्जेले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । 

समान २–२ शतक र अर्धशतक प्रहार गरेका धवनले ४७१ र २ अर्धशतक प्रहार गरेका अय्यरले ३८९ रन बनाएका छन् । राबडाले २३ विकेट हात पर्दा नोत्जेले १५ विकेट हात पारेका छन् । 

प्ले अपमा स्थान सुरक्षित गरिसकेको मुम्बई पनि आजको खेल जित्दै शीर्ष स्थानमा आफूलाई बलियो बनाउने प्रयासमा हुनेछ । उसले १२ खेलबाट ८ जित र ४ हारको नतिजा निकालेको छ । 



मुम्बई नियमित कप्तान रोहित शर्मा घाइते भएका कारण किरोन पोलार्डको कप्तानीमा मैदानमा उत्रिनेछ । 

मुम्बईका लागि ब्याटिङमा क्विन्टन डि कक, सूर्यकुमार यादव र इसान किसनले तथा बलिङ जसप्रित बुमराह, ट्रेन्ट बोल्ट र राहुल चाहरले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।



डिककले ४ अर्धशतक सहित ३९२, यादवले ३ अर्धशतक सहित ३६२ र किसनले २ अर्धशतक सहित ३२३ रन बनाएका छन् । बुमराहले २० विकेट हात पर्दा बोल्टले १७ र चाहरले १४ विकेट लिएका छन् ।

हालसम्म यी दुई टोलीले २५ खेलमा प्रतिस्पर्धा गर्दा मुम्बईले १३ र दिल्लीले १२ खेल आफ्नो पक्षमा पारेका छन् । पछिल्ला पाँच खेलमा भने दिल्ली बलियो स्थितिमा देखिन्छ ।

दिल्लीले ३ खेल आफ्नो पक्षमा पार्दा २ खेल गुमाएको छ । यो सिजनको पहिलो खेल भने मुम्बईले ५ विकेटले आफ्नो पक्षमा पारेको थियो ।

आज नै नेपाली समयअनुसार राति पौने आठ बजे सारजाह क्रिकेट मैदानमा हुने  खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर र सनराइजर्स हैदराबादले प्रतिस्पर्धा गर्नेछन् । 

हाल १२ खेलबाट ७ जित र ५ हारको नतिजा सहित लिगको दोस्रो स्थानमा रहेको बैंग्लोर आजको खेल जित्दै प्ले अपमा स्थान सुरक्षित गर्ने प्रयासमा हुनेछ । 

बैंग्लोरका लागि ब्याटिङमा देवदत्त पडिक्कल, एबी डिभिलियर्स र कप्तान विराट कोहलीले तथा बलिङमा युजवेन्द्र चहल र क्रिस मोरिसले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

समान ४–४ अर्धशतक प्रहार गरेका पडिक्कलले ४१७ र डिभिलियर्सले ३३९ रन बनाउँदा ३ अर्धशतक प्रहार गरेका कोहलीले ४२४ रन बनाएका छन् । चहलले १७ र मोरिसले ११ विकेट हात पारेका छन् । 

हैदराबादलाई पनि प्ले अपको सम्भावना जिवितै राख्न आजको खेल जित्नै पर्ने दबाब छ । हाल ऊ १२ खेलबाट ५ जित र ७ हारको नतिजा सहित लिगको ७ औं स्थानमा छ ।

हैदराबादको ब्याटिङ कप्तान डेविड वार्नर र जोनी बेरिस्टोमा निर्भर रहँदा बलिङ रशिद खान र टि नटराजनमा निर्भर देखिन्छ । 

समान ३–३ अर्धशतक प्रहार गरेका वार्नरले ४३६ र बेरिस्टोले ३४५ रन बनाएका छन् । रशिदले १७ विकेट हात पर्दा नटराजनले १३ विकेट लिएका छन् । 

हालसम्म यी दुई टोलीले १६ खेलमा प्रतिस्पर्धा गर्दा बैंग्लोरले ७ र हैदराबादले ८ खेल आफ्नो पक्षमा पारेका छन् । एक खेल बिना नतिजा टुङ्गिएको छ । पछिल्ला पाँच खेलमा भने बैंग्लोर बलियो स्थितिमा देखिन्छ ।

बैंग्लोरले ३ खेल आफ्नो पक्षमा पर्दा २ खेल गुमाएको छ । यो सिजनको पहिलो भेटमा बैंग्लोर १० रनले विजयी भएको थियो ।

  • प्रकाशित मिति : कात्तिक १५, २०७७ शनिबार १३:४४:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया