तीन दिनपछि खुल्यो चिहानस्थल

धनगढीमा मुस्लिम समुदायको शव विसर्जन स्थल (कब्रिस्तान) मा कोरोना संक्रमितको शव व्यवस्थापनपछि सुरु भएको विवाद साम्मे भएको छ । शनिबार जिल्ला प्रशासन कार्यालय कैलालीमा मुस्लिम समुदायका अगुवा र स्थानीयबीच भएको सहमतिपछि विवाद साम्य भएको हो ।

बिहीबार कोरोना संक्रमणबाट मृत्यु भएकी धनगढी–२, की ५७ वर्षीया मुस्लिम महिलाको मृत्युपश्चात् मुस्लिम समुदायले धार्मिक परम्पराअनुसार चिहानस्थलमै शव व्यवस्थापन गर्दा समस्या उत्पन्न भएको थियो । चिहानस्थलमा जनप्रतिनिधि र स्थानीयहरूले तालाबन्दी गरेका थिए । तालबन्दी गर्दा मुस्लिम समुदायका अर्का मृतक पुरुषको अन्त्येष्टि रोकिएको थियो । धनगढी उपमहानगरपालिका १ का वडा अध्यक्ष सन्तोष मुडभरीका अनुसार तत्कालका लागि शव व्यवस्थापन गर्ने सहमति भएको हो । 

चिहानस्थल बन्द हुँदा शुक्रबार बिहान दुवै मृगौला फेल भएर मृत्यु भएका धनगढी उपमहानगरपालिका १ का ५० वर्षीय मोहमद जमसेदको शव व्यवस्थापनमा समस्या भएको थियो । जमसेदको शव २ दिनदेखि घरमा रहेको थियो । चिहानस्थल खुलेसँगै मुस्लिम समुदायको संस्कारअनुसार उनको अन्त्येष्टि गरिएको छ ।

मानवबस्ती बीचमा रहेको चिहानस्थलमा कोरोना संक्रमितको शव व्यवस्थापन गर्दा विरोध भएको थियो । स्थानीयले चिहानस्थल बस्तीभन्दा टाढा बनाउन माग गर्दै आएका छन् ।
 





  • प्रकाशित मिति : कात्तिक १५, २०७७ शनिबार १४:५२:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया