धरानमा सुरु भयो साहसिक खेल जिपलाइन
प्रतीकात्मक तस्बिर

पर्यटकीय नगरी धरानमा पछिल्लो समय साहसिक खेलका गतिविधि बढ्न थालेको छ । २०६७ सालमा प्याराग्लाइडिङ र जलयात्रा (¥याफ्टिङ) सुरु भएको धरानमा पछिल्लो समय जिपलाइन समेत थपिएको छ ।

धरान–४ स्थित भेडेटारमा सोबारबाट औपचारिक रुपमा जिपलाइन सुरु भएको हो । वल्र्ड वाइड ग्रुप नेपाल प्रालिले सञ्चालन गरेको खेल लकडाउन भए पछि बन्द भएको थियो ।

भेडेटारमा २ वर्ष अध्ययन गरेर करिव ३ करोड लगानीमा जिपलाइन सुरुआत गरेको सञ्चालक मध्येका एक विवस भण्डारीले जानकारी दिए ।  जिपलाइनमा टेकअफ पोइन्टदेखि ल्याण्डिङ पोइन्टसम्म आइपुग्न करिब ३०÷४० सेकेण्ड लाग्छ ।

क्लासिक, सुपरम्यान र कपल जिपफ्लाइङ गरी तीन प्रकारको सुविधा दिइदै आएको छ । क्लासिकको एक हजार दुई सय, सुपरम्यानको एक हजार पाँच सय र कपलको एक हजार आठ सय रुपैयाँ शुल्क तोकिएको छ ।

तारको क्षमता ११ हजार किलो भारको छ । सेफ्टी बेल्ट (हार्नेस) २२ देखि २७ सय केजी भार र क्याराविनरको भार क्षमता पनि २७ सय केजीसम्मको रहेको कम्पनीले जनाएको छ । साहसिक पर्यटकको ५ लाखका बीमा पनि भएकाले सुरक्षाको चिन्ता लिन नपर्ने सञ्चालक बताउँछन् ।





  • प्रकाशित मिति : कात्तिक १७, २०७७ साेमबार १६:१८:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया