कोरोना संक्रमणबाट सप्तरीका थप दुईको निधन

कोरोना संक्रमणबाट सप्तरीमा थप दुईजनाको निधन भएको छ । योसँगै सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ । 

सप्तरी घर भएर मोरङ र सुनसरी बस्दै आएका थप दुईजना पुरुषको कोरोनाबाट निधन भएको हो । मोरङमा मृत्यु भएका ५८ वर्षीय पुरुष सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–६ जोगिनियाका स्थायी बासिन्दा हुन् । उनी विराटनगरको जनपथ टोलस्थित जनपथ माविका शिक्षक हुन् ।  

सुरुमा विराटनगरस्थित विराट नर्सिङ होममा भर्ना भएका उनी कोरोना पोजेटिभ आएपछि शनिबार विराटनगरकै न्युरो अस्पतालमा भर्ना भएका थिए । 

यसैगरी, सुनसरीमा मृत्यु भएका ३० वर्षीय पुरुष सप्तरीको महादेवा गाउँपालिका–५ का स्थायी बासिन्दा हुन् । उनी धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत थिए ।  

स्वास्थ्यमा समस्या आएपछि प्रतिष्ठानकै आकस्मिक कक्षमा भर्ना गरिएका उनमा सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो । 





  • प्रकाशित मिति : कात्तिक १८, २०७७ मंगलबार १८:५२:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया