लागुऔषध काराेबारी पाँच जना पक्राउ

लागुऔषध कारोबारी गर्ने समूहका पाँच जनालाई सुुनसरी प्रहरीले अलग अलग स्थानबाट पक्राउ गरेको छ।  

प्रहरीले कोशी वडा नं. १ राजापोखरी भन्ने स्थानबाट सोही ठाउँका मनिष यादव, भारत सुपौल जिल्ला बनेलीपट्टी वडा नं. ७ का सुरेशकुमार गुप्ता र कोशी गाउँपालिका वडा नं. ९ का महेशकुमार मेहतालाईं पक्राउ गरेको हो। पक्राउ पर्ने मध्ये सुरेशले बोकेको झोला चेकजाँच गर्दा लागुऔषध फेला परेको थियो। पक्राउ पर्ने तीनै जना १९ वर्षका हुन्। पक्राउ पर्नेका साथबाट प्रहरीले नेपालमा प्रतिबन्धित डाइलेक्स डिसी सय एमएल लेखिएको ४७ बोतल लागुऔषध बरामद गरेको छ।  

यसैगरी, इनरुवा वडा नं. ४ बाट दुई जनालाई पक्राउ गरेको हो। शंकास्पद लागेर प्रहरीले चेकजाँच गर्दा भोक्राहा–नरसिंह वडा नं. १ का संजिव उराव र रामधुनी वडा नं. ३ का २५ वर्षे नफिल मियाँलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमध्ये संजिवले बोकेको झोलामा प्रतिबन्धित लागुऔषध नाईट्रोसन १० नाम गरेको लागुऔषध आठवटा खुल्ला गोटी बरामद गरिएको छ।





  • प्रकाशित मिति : कात्तिक १८, २०७७ मंगलबार २२:४५:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया