धरानमा ९ वर्षीया बालिकाको कोरोनाका कारण निधन

धरानमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई कोरोनाभाइरस संक्रमितको निधन भएको छ । मृत्यु हुनेमा एक ९ वर्षीया बालिका रहेकी छिन् । 

उनी इटहरी ६ की हुन् । त्यस्तै, सुनसरीकी ६१ वर्षीया महिलाको पनि त्यहाँ कोरोनाका कारण निधन भएको छ । 

९ वर्षीया बालिकामा १७ कार्तिकमा कोरोनाभाइरस संक्रमण देखिएपछि अस्पताल भर्ना भएकी थिइन् । त्यस्तै, ६५ वर्षीया महिलामा ३० असोजमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो । उनी श्वासप्रश्वास र उच्च रक्तचापको समस्याबाट पीडित थिइन् ।





  • प्रकाशित मिति : कात्तिक १९, २०७७ बुधबार १०:४८:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया