पाँचथरको फिदिममा १५ दिनका लागि लकडाउन

पाँचथरको फिदिममा आज एकैदिन १४ जना कोरोना सङ्क्रमित थपिएपछि पन्ध्र दिनका लागि लकडाउन ९बन्दाबन्दी० जारी गरिएको छ ।  जिल्ला प्रशासन कार्यालय र फिदिम नगरपालिकाले छुट्टाछुट्टै सूचनामार्फत आज मध्यरातबाट आगामी मङ्सिर १२ गतेसम्मका लागि बन्दाबन्दी जारी गरिएको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयमा आज बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले सो नगरपालिकाभित्र अत्यावाश्यक बाहेकका व्यवसाय तथा सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी नारायण न्यौपानेका अनुसार फिदिम नगरपालिका हुँदै मेची राजमार्गबाट अन्य जिल्लाका लागि भने सवारी सञ्चालन हुन पाउनेछन् ।

प्रशासनले अत्यावाश्यक बाहेकका दुई पाङ्ग्रे सवारीका साधन समेत सञ्चालनमा रोक लगाएको छ । नगरप्रमुख ओनाहाङ नेम्वाङले कन्ट्र्याक टे«सिङमा परेकालाई संयमता अपनाई एकान्तमा बस्न आग्रह गरेका छन् । जिल्लामा सक्रिय सङ्क्रमितको संख्या २४ पुगेको छ ।





  • प्रकाशित मिति : कात्तिक १९, २०७७ बुधबार १८:४०:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया