अमेरिकी निर्वाचनः किन अदालत गए ट्रम्प ?

अमेरिकामा आगामि ४ वर्षका लागि राष्ट्रपति छान्न भएको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । तर, यहीबीचमा अहिलेका राष्ट्रपति डोनाल्ड ट्रम्पले यो निर्वाचनमा हार्ने लगभग पक्का भएको छ । 

तर, ट्रम्पले आफ्नो हार स्वीकार गर्न चाहेका छैनन् । 

उनी निर्वाचन र मतगणनामा धाँधली भएको भन्दै अदालत जाने प्रक्रियामा छन् । उनले जर्जिया राज्यमा भएको मत गणना रोक्नु पर्ने माग राख्न थालेका छन् । 

एसोसिएटेड प्रेसका अनुसार उनले त्यहाँ मतगणनामा पनि धाँधली भएको ठहर गरेका छन् ।

आफ्नो पक्षका पर्यवेक्षकलाई गैरकानुनी तरिकाले चुनावमा प्रवेश गर्नबाट रोकिएको ट्रम्पले आरोप लगाएका छन् । यसअघिको निर्वाचनमा उनले जित निकालेका मिसिगन र पेन्सिल्भेनियामा पनि यसपटक डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले जित निकालेपछि ट्रम्प आत्तिएका हुन् ।





  • प्रकाशित मिति : कात्तिक २०, २०७७ बिहीबार १०:११:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया