कोरोना भाइरसबाट हालसम्म विश्वभर १२ लाख २७ हजारको मृत्यु

कोरोना भाइरसबाट हालसम्म १२ लाख २७ हजार ९६ व्यक्तिको मृत्यु भएको जोन्स हप्किन्स विश्व विद्यालयले बिहीबार जानकारी दिएको छ ।

चीनको हवाबे प्रान्तको वुहान सहरबाट गत डिसेम्बरमा सुरु भएको यस कोरोना भाइरसबाट हालसम्म ४ करोड ८२ लाख १५ हजार ७३२ व्यक्ति संक्रमित भइसकेका छन् । संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित देश हो, यहाँ कोरोना भाइरसबाट २ लाख ३३ हजार ७३४ जनको मृत्यु भएको छ । अमेरिकामा ९४ लाख ८८ हजार ८७५ व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् ।

अमेरिकापछि ब्राजिलमा कोरोना भाइरस संक्रमणको हिसाबबाट दोस्रो स्थानमा रहेको छ । यहाँ ५५ लाख ९० हजार २५ जना कोरोना भाइरस संक्रमित रहेका छन् । एक लाख ६१ हजार १०६ व्यक्तिको कोरोना भाइरसबाट मृत्यु भएको छ ।

भारतमा १ लाख २४ हजार ३१५ जनाको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको छ । यहाँ ८३ लाख ६४ हजार ८६ कोरोना भाइरस संक्रमित भएका छन् । मेक्सिकोमा यस भाइरसका कारण ९३ हजार २२८ जनाको मृत्यु भएको छ भने ९ लाख ४३ हजार ६३० जना संक्रमित भएका छन् ।

संयुक्त अधिराज्यमा ४७ हजार ८३२ जनाको मृत्यु भएको छ भने ११ लाख २ हजार ३१६ जनाको कोरोना भाइरस संक्रमित भएका छन् । चीनमा कोरोना भाइरसबाट ८६ हजार व्यक्ति संक्रमित भए भने ४ हजार ६३४ जनाको यस भाइरसको कारण मृत्यु भएको थियो । 





  • प्रकाशित मिति : कात्तिक २०, २०७७ बिहीबार २०:१९:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया