अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले ठूलो अन्तरले यो चुनाव जितेको दाबी गरेका छन् । तर, निर्वाचना नतिजाले जो बाइडेन अब अमेरिकाको राष्ट्रपति भएको देखाएका छन् । यसको आधिकारिक घोषणा हुन बाँकी छ ।
ट्रम्पले आजमात्रै फिलाडेल्फियामा ठूलो पत्रकार सम्मेलन गर्ने बताएका छन् ।
उनले सुरुमा आफूले निर्वाचन जितेको बताएका थिए । तर, पछि यस्तो दाबी गरिएको ट्विट उनले डिलिट गरेका छन् ।
ट्विटमा त उनले आफूले ठूलो अन्तरले निर्वाचन जितेको बताएका छन् ।
अर्कोतिर पेन्सिल्भेनियामा मत आफ्नो पोल्टामा पारेसँगै डेमोक्रेटिक पार्टीका जो बाइडेन अब अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।