ट्रम्प गएपनि नेपालसहितका देशमा ट्रम्पवाद जीवित छ : बाबुराम

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अर्काे कार्यकालका लागि भएको निर्वाचनमा पराजित भएका छन् । डेमोक्राटिक उम्मदेवार जो बाइडेन अमेरिकाको नयाँ राष्ट्रपति बन्ने निश्चित भइसकेको छ । 

जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराइले अमेरिकि सत्ताबाट ट्रम्प गए पनि नेपाल लगायतका देशमा ट्रम्पवाद जीवित रहेको बताएका छन् । उनले आइतबार बिहान ट्विट गर्दै फरक ढाँचामा विश्वका थुपै देशमा ट्रम्पवाद कायम रहेको दावी गरेका हुन् । 

‘नेपालमा हामीसँग आफ्नै ब्राण्ड ओलीवाद छ’ भट्टराईले ट्विटमा लेखेका छन्, ‘अति राष्ट्रवाद, जातीवाद, धार्मिक कट्टरता, लोकप्रियतावाद मानव जातिका लागि साझा संकट हुन्’ । विश्वभरका प्रगतीशित लोकतन्त्रवादीले यस प्रवृत्तिविरुद्ध साझा लडाइँ लड्नु पर्ने पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईको भनाइ छ। 





  • प्रकाशित मिति : कात्तिक २३, २०७७ आइतबार ९:४:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया