मन्त्रिपरिषद् निर्णयः सरकारी अस्पतालमा अब कोरोनाको परीक्षण र उपचार निःशुल्क
फाइल तस्वीर ।

यसअघि सरकारी अस्पतालमा पनि कोरोनाभाइरस परीक्षणको र उपचारको शुल्क लिने निर्णय गरेको सरकारले आफ्नो निर्णय सच्चाउने भएको छ । अब सरकारी अस्पतालमा कोरोना परीक्षण र उपचार निःशुल्क बनाइने भएको छ । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी अस्पतालमा अब कोरोनाको नाममा कुनै पनि शुल्क नलिने निर्णय गरेको हो । 

बैठकमा सहभागी एक मन्त्रीका अनुसार अब सबै सरकारी प्रयोगशालामा कोरोना परीक्षण निःशुल्क हुने छ । तर, आज बसेको मन्त्रिपरिषद् बैठकमा नीजि ल्याब र अस्पतालबारे केही छलफल भएको छैन । 

सरकारले यसअघि विपन्न भनेर प्रमाणित गर्नेलाई मात्र उपचार खर्च नलिने निर्णय गरेको थियो । 

सरकारको यो निर्णय आएसँगै टेकु अस्पतालमा पनि कोरोना संक्रमितले उपचारका लागि धरौटी राख्नु पर्ने व्यवस्था गरिएको थियो । तर, व्यापक आलोचनापछि यो सच्याइएको थियो । 

त्यस्तै, १५ असोजमा सर्वोच्च अदालतले कोरोना परीक्षण र उपचार निःशुल्क गर्न आदेश दिएको थियो । सरकारले यसका लागि पुनरावेदनको निवेदन दिएको थियो । तर, यो सरकारी निवेदन खारेज भएको थियो । यो निवेदन खारेज भएकाले पनि सरकारले आफ्नो निर्णय सच्याउन बाध्य भएको हो ।





  • प्रकाशित मिति : कात्तिक २४, २०७७ साेमबार २३:३:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया