ट्विटरबाटै रक्षामन्त्रीलाई बर्खास्त गरे ट्रम्पले

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार ट्विटरमा आफूले रक्षामन्त्री मार्क इस्परलाई बर्खास्त गरेको बताएका छन् । यसअघि अमेरिकामा राष्ट्रिय आतंकवादविरुद्धको केन्द्रका निर्देशक क्रिस्टोफर मिलरलाई उनले रक्षामन्त्रीमा नियुक्त गरेको जानकारी पनि दिएका छन् । 

आफूले निर्वाचनमा पराजय भोगेको दुई दिनमा नै उनले इस्परलाई पदबाट हटाएका हुन् ।

सिएनएनका अनुसार गत साता नै ट्रम्पसँग विभिन्न विषयमा मतभेद भएपछि इस्परले राजीनामा दिने तयारी गरेका थिए । तर, उनले राजीनामा दिनुअघि नै ट्रम्पले उनलाई बर्खास्त गरेका हुन् ।

यसअघि पनि इस्पर र ट्रम्पको विभिन्न विषयमा मतभेद हुने गरेको समाचार आइरहेका थिए ।





  • प्रकाशित मिति : कात्तिक २५, २०७७ मंगलबार ०:४२:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया