त्रिविका रोकिएका परीक्षा २८ मंसिरदेखि

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले कोरोना भाइरसका कारण स्थगित परीक्षा २८ मंसिरदेखि सञ्चालन गर्ने भएको छ । विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन संकाय र शिक्षा संकायतर्फको चार वर्षे बीएस्सी, बीबीएस र बीएड चौथो वर्षका नियमित तथा आंशिक परीक्षा सञ्चालन गर्न लागिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

त्रिविका अनुसार स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर बिहान ८ देखि ११ बजेसम्म परीक्षा सञ्चालन हुनेछ । चौथो वर्षको फर्म छुटेका विद्यार्थीले दोब्बर दस्तुर तिरेर ८ मंसिरभित्र फर्म भरिसक्नु पर्ने समेत परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ ।
त्रिविले पुस १४ भित्र सबै परीक्षा सकिने गरी तालिकासमेत सार्वजनिक गरिसकेको छब ।





  • प्रकाशित मिति : कात्तिक २५, २०७७ मंगलबार १५:३५:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया