अन्तर्राष्ट्रिय पर्यवेक्षकले भने अमेरिकी चुनावमा धाँधली भएको छैन

अर्गनाइजेसन अफ अमेरिकन स्टेट्स (ओएएस) का अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले अमेरिकी राष्ट्रपतिको हालै सम्पन्न निर्वाचनमा धाँधली वा मतदानमा अनियमितता नभएको जनाएका छन् । 

यस पर्यवेक्षणमा १३ मुलुकका २८ जना विज्ञ एवं पर्यवेक्षक सहभागी थिए । उनीहरुले अमेरिकी राज्यहरु जोर्जिया, आयोवा, मेरिल्यान्ड, मिचिगन र डिस्ट्रिक्ट अफ कोलम्बियाको चुनावी गतिविधिको अनुगमन गरेका थिए । कोभिड–१९ का कारण अन्य राज्यमा भने अनुगमन गर्न नसकिएको ओएसले जनाएको छ । 

ओएएसका अनुसार चुनावको दिन शान्तिपूर्ण थियो भने हुलाकबाट प्राप्त मतपत्रहरु निकै सुरक्षित र व्यवस्थित थियो । 

पर्यवेक्षणका क्रममा चुनावमा धाँधली भएको कुनै प्रमाण फेला नपरे पनि चुनावमा सहभागी पक्षले अदालतमा उजुरी दिन सक्ने पनि ओएएसले जनाएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावमा धाँधली भएको दाबी गर्दै विभिन्न राज्यका अदालतमा मुद्दा दायर गर्नुका साथै राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई बधाई समेत दिएका छैनन् ।





  • प्रकाशित मिति : कात्तिक २५, २०७७ मंगलबार २०:४३:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया