तीन जलविद्युत् परियोजनाका लागि  ३८ अर्ब ६८ करोड विदेशी लगानी स्वीकृत
म‌गलबार बसेको लगानी बोर्डको बैठकमा सहभागीहरु । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

लगानी बोर्डले तीन ठूला जलविद्युत् परियोजना सञ्चालनका लागि ३८ अर्ब  रुपैयाँ बराबरको विदेशी लगानी स्वीकृत गरेको छ । बोर्ड अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार बसेको बोर्डको ४५ औँ बैठकले तीन ठूला परियोजनाका लागि रु ३८ अर्ब ६८ करोड बराबरको लगानी स्वीकृत गरेको हो ।

७७.५ मेगावाट क्षमताको घुन्साखोला जलविद्युत् परियोजनाका लागि रु १७ अर्ब ६२ करोड ४० लाख बराबरको विदेशी लगानी स्वीकृत गरिएको बोर्डका प्रवक्ता धर्मन्द्रकुमार मिश्रले जनाकारी दिए। 

त्यसैगरी ५७ मेगावाटको हिमचुली दोर्दी जलविद्युत् परियोजनाका लागि  १० अर्ब ६१ करोड ९१ लाख र ६५ मेगावाटको दूधखोला जलविद्युत् परियोजनाका लागि  दश अर्ब ४३ करोड ६० लाख विदेशी लगानी स्वीकृत भएको हो ।





  • प्रकाशित मिति : कात्तिक २६, २०७७ बुधबार १२:१४:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया