लगानी बोर्डद्वारा ३९ अर्ब वैदेशिक लगानी स्वीकार

लगानी बोर्डले ३९ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बोर्डको को ४५ औँ बैठकले विभिन्न परियोजनाका लागि वैदेशिक लगानी स्वीकृत गरेको हो ।

बोर्डले तीनवटा जलविद्युत् आयोजनाका लागि सो लगानी स्वीकृत गरेको हो । ७७ दशमलव ५ मेगावाटको घुन्साखोला जलविद्युत् आयोजनाका लागि १७ अर्ब ६२ करोड ४० लाख रुपैयाँ, ५७ मेगावाटको हिमचुली दोर्दी जलविद्युत् आयोजनाको लागि १० अर्ब ६१ करोड ९१ लाख र ६५ मेगावाटको दूधखोला जलविद्युत् आयोजनाको लागि १० अर्ब ४३ करोड ६० लाख रुपैयाँको वैदेशिक लगानी स्वीकृत गरेको बोर्डले जनाएको छ ।

बैठकले बोर्डको कार्यालयको क्षमता वृद्धि, एकल विन्दु सेवा केन्द्र प्रभावकारी बनाउने लगायतका विषयमा निर्णय पनि गरेको छ । बोर्डको बैठक हरेक दुई महिनामा बस्नुपर्ने भए पनि गएको असारयता बस्न सकेको थिएन ।
बैठकले सार्वजनिक निजी साझेदारी अवधारणामा सञ्चालित ९ सय मेगावाटको अरुण तेस्रो परियोजनाको पावरहाउस देखि ड्यामसाइडसम्मका लागि गठित मुआब्जा अध्ययन समितिको म्याद थप गर्ने निर्णय गरेको बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बताए । 
 





  • प्रकाशित मिति : कात्तिक २६, २०७७ बुधबार १३:४६:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया