कोरोनाभाइरसः बेलायतमा ५० हजारभन्दा बढीको मृत्यु

विश्व महामारी कोरोनाभाइरसका कारण पछिल्लो समय बेलायत सबैभन्दा बढी प्रभावित पाँच देशको सूचीमा परेको छ । 

बेलायतमा कोभिड १९ का कारण मृत्यु हुनेको संख्या अब ५० हजार नाघेको छ । 

यसअघि अमेरिका, ब्राजिल, बेलायत र मेक्सिकोमा पनि कोरोनाका कारण ५० हजारभन्दा बढीको मृत्यु भएको छ ।

विश्वभर सबैभन्दा बढी मृत्यु अमेरिकामा २ लाख ३८ हजार ६ सय ८० जनाको भएको छ । त्यस्तै ब्राजिलमा १ लाख ६२ हजार ८ सय र भारतमा १ लाख २७ हजार ५ सय ७१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । 

बेलायतपछि युरोपको इटालीमा सबैभन्दा धेरै ४२ हजार ९ सय ५३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । फ्रान्समा र स्पेनमा पनि ४१ हजार र ३९ हजारभन्दा बढीले कोरोनाका कारण ज्यान गुमाएका छन् ।





  • प्रकाशित मिति : कात्तिक २६, २०७७ बुधबार २२:४६:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया