दिल्लीमा वायुप्रदूषण उच्च

भारतको राजधानी नयाँदिल्ली लगायत वरपरका क्षेत्रमा पछिल्लो केही दिनयता वायु प्रदुषण उच्च स्तरमा पुगेको छ । दिल्ली वरपरि हरियाणा र पञ्जाबमा पराल जलाएका कारण पनि दिल्लीमा अत्यधिक प्रदुषण बढेको हो । प्रदुषणलाई मध्यनजर गर्दै दिल्ली लगायत भारतका धेरै राज्यले दिपावलीमा पटाका विक्रि वितरणमा समेत रोक लगाएका छन् । 

दिपावलीमा पटाका विक्री वितरणमा रोक लगाएको दिल्ली सरकारले प्रदुषण नियन्त्रणको उपाय स्वरुप दिल्लीमा ‘रेड लाईट अन, गाडी अफ’ अभियान चलाएको छ । 

अभियान अन्तर्गत दिल्ली सरकारले ट्राफिक सिगनलहरुमा रातोबत्ती भएका बेला गाडी बन्द गराउनका लागि नगर प्रहरी खटाएको छ । दिल्लीमा प्रदुषणका कारण तुवालो लागेकाले पूरै दिन घाम लागेन । 

केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी) का अनुसार ४ नोभेम्बरदेखि ९ नोभेम्बरसम्म दिल्लीमा निरन्तर ६ दिनसम्म प्रदूषण स्तर ’गंभीर’ श्रेणीमा रहेको थियो । राजधानी दिल्लीसहित एनसीआर फरीदाबाद, नोएडा, ग्रेटरनोएडा र गुडगाँवमा पनि वायु गुणस्तर अति खराब श्रेणीमा पाइएको थियो ।

केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार शनिबार साँझ ४ बजे वायु गुणस्तर सूचकांक ४५१ एक्यूआई रहेको थियो । भने विहानको समयमा वायु गुणस्तर ३ सयको हाराहारीमा रहेको थियो । एक्यूआई शून्यदेखि ५० सम्मलाई राम्रो मानिन्छ भने ५१ देखि १०० सम्मलाई सन्तोषजनक , १०१ देखि २०० सम्मलाई मध्यम, २०१ देखि ३०० खराब र ३०१ देखि माथिको एक्यूआइलाई अति खराब मानिन्छ ।





  • प्रकाशित मिति : कात्तिक ३०, २०७७ आइतबार ८:३६:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया