दाङको पूर्व-पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट आइतबार बिहान एक महिलाको ज्यान भएको छ । लमही नगरपालिका- १ नर्तीमा ट्रकको ठक्करबाट ४० वर्षीया महिलाको मृत्यु भएको दाङ प्रहरीले जनाएको छ । मृतक महिलाको परिचय खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार विराटनगरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना ६ ख ४६७ नम्बरको ट्रकले बिहान ६ बजेतिर ठक्कर दिएपछि ती महिला गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि लमही अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।
महिलालाई ठक्कर दिएर भागेको ट्रकलाई प्रहरीले लमही ९ रिहारबाट नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।