जननिर्वाचित नेता मोदीले सैन्य पोशाक लगाउनु अनुचित ! पक्ष-विपक्षमा यस्ता तर्क

गत शनिबार दीपावलीका दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी राजस्थानको जैसलमेरस्थित एक सैन्य शिशिरमा पुगेका थिए । उनले त्यहाँका सेना भारतीय सेनाका अधिकारी तथा सेनाका जवानहरूसँग केही घण्टा बिताए । 

मोदीको साथमा उनका मुख्य सहयोगी विपिन रावत,  भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणे र सीमा सुरक्षाबलका प्रमुख राकेश अस्थानालगायत थिए। 

सैन्य पोशाक लगाएर कार्यक्रममा देखिएका मोदीले सेनाका जवानहरुलाई दिपावलीको शुभकामना दिए । भारतसँग विवाद भइरहने दुई छिमेकी देश चीन र पाकिस्तानविरुद्ध केही आक्रामक अभिव्यक्ति दिए । चीन पाकिस्तानतर्फ इंगित गर्दै  परी आएका खण्डमा भारतीय सेना पछि नहट्ने चेतावनी मोदीले दिए । फौजसँगै सैन्य ट्यांकरमा चढेर मोदीले सडकमा सयर पनि गरे ।  जैसलमेयरको लोङ्गेवाला पोस्टमा गएर मोदीले गरेका यी गतिविधिहरु निकै चर्चित बने । सैनिक पोशाकमा रहेको उनको फोटो निकै भाइरल बन्यो । 

यस कार्यक्रममा मोदीले लगाएको सैन्य पोशाकबारे भने सामाजिक सञ्जालमा फरक–फरक टिप्पणी भइरहेका छन् । एउटा लाकतान्त्रिक मुलुकका जननिर्वाचित कार्यकारी प्रमुखले त्यसरी सैन्य पोशाक लगाएर सार्वजनिक कार्यक्रमा भाग लिनु सुहाउँदो कुरा नभएको भन्ने कोणबाट चर्चा भएको छ । 



एक व्यक्तिले ट्विटरमा लेखेका छन् । ‘उनका लागि जुनसुकै कपडा पनि फेन्सी पोशाक हुन् । उनलाई थाहा छैन कि त्यो पोशाक लगाउन योग्य हुनका लागि कति मेहनत गर्नुपर्छ । आफ्ना भक्तहरुलाई खुसी बनाउनका बनाउन र फरक–फरक पोशाकमा मोडलिङ गर्ने बच्चा बेलाको शोख पूरा गर्न लागिरहेका छन्।’ 


 
के कानुनले उनलाई यसरी सैन्य पोशाक लगाउन छुट दिन्छ भनेर पनि प्रश्न गरिएको छ । सेना प्रतिको लगाब देखाउन मिल्दोजुल्दो टोपी तथा ज्याकेट लगाउनु ठीकै भएपनि यसरी सेनाको लोगो र दर्ज्यानी चिन्हसहितको पोशक प्रधानमन्त्री मात्रै नभएर रक्षामन्त्री वा सेनाको प्रधान कमाण्डर राष्ट्रपतिले पनि लगाउन नहुने तर्क केहीले गरेका छन् । 



मोदी अभिनय गर्न खप्पिस भएकाले नेता नबनेको भए अहिले बलिउडमा हुने भन्दै व्यंग्य पनि गरिएको छ।  केहीले भने मोदीको यस कार्यको समर्थन गरेका छन् । सुवाचन्द्र बोसले पनि कुनैबेला यसरी सैनिक पोशाक लगाएको प्रसंग निकाल्दै मोदीले लगाउन गलत नभएको दावी गरिएको छ । 

नेपालमा राजतन्त्र कालमा राजालाई नेपाली सेनाको परमाधिपति मानिन्थ्यो । राजा तथा युवराजहरुले सैन्य पोशाक लगाउने गरेका थिए । 

  • प्रकाशित मिति : मंसिर २, २०७७ मंगलबार १२:४७:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया