के छलफल भयो राष्ट्रपति–प्रचण्डबीच ?
फाइल तस्वीर ।

नेकपा विवाद उत्कर्षमा पुगिरहेको समयमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाटका लागि नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शीतल निवास पुगेपछि यसले राजनीतिक वृत्तमा नयाँ तरंग सिर्जना गरेको छ । 

मंगलबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेकपा अध्यक्ष प्रचण्डले भेटघाट गरेका थिए । 

भेटघाटमा के छलफल भयो भन्ने विषयमा दुवै पक्षले कुनै औपचारिक धारणा बाहिर ल्याएका छैनन् । हामीले प्रचण्डसँग राष्ट्रपतिको के छलफल भयो भन्ने प्रश्न प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’सँग सोध्यौँ ।

‘समसामयिक विषयमा कुराकानी भयो,’ उनले छोटो प्रतिक्रिया दिए । यसबाहेक आजको भेटबारे अरु विस्तृत कुरा औपचारिक रुपमा राष्ट्रपति कार्यालयबाट आउन सक्ने उनले बताए । 

हामीले त्यसपछि प्रचण्डनिकट एक नेतालाई आजको भेटबारे सोध्यौँ । उनले भने, ‘पार्टीमा पछिल्लो समय देखिएको विवादकै विषयमा कुराकानी केन्द्रित थियो ।’

बुधबारका लागि नेकपाले बोलाएको सचिवालय बैठक जसरी पनि हुनु पर्ने अडानमा प्रचण्ड छन् । तर, नेकपाकै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली यसको पक्षमा छैनन् । यसले गर्दा नेकपामा विवाद थप बढ्दै गएको छ । दुवै अध्यक्षले एकअर्कालाई आरोप प्रत्यारोप गरिरहेका छन् ।



‘यिनै विषयमा कुराकानी भएको हो,’ प्रचण्डनिकट ती नेताले भने ।



  • प्रकाशित मिति : मंसिर २, २०७७ मंगलबार २०:३१:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया