बालुवाटारमा सुरु भयो नेकपा सचिवालय बैठक

निकै विवादका बीच प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । 

बैठकमा सचिवालयका सबै सदस्य उपस्थित रहेका छन् । 

बैठकमा नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपा उपाध्यक्ष वामदेव गौतम, नेकपा महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा बादल, नेकपा वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल र नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी छन् ।

पछिल्लो समय नेकपामा देखिएको विवादका बीच आजको बैठकलाई निकै चासोका साथ हेरिएको छ ।





  • प्रकाशित मिति : मंसिर ३, २०७७ बुधबार १३:१७:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया