जिप लाइनले बढायो पर्यटककाे चहलपहल

कैलालीको महोन्याल गाउँपालिका स्थित कर्णाली नदीमा सञ्चालन भएको  ‘जिप लाइन’ सेवामा पर्यटकको आकर्षण बढेको छ । 

सुदूरपश्चिम प्रदेशको प्रवेश द्वारसमेत रहेको यस ठाउँमा कोभिड संक्रमणको जोखिमका बाबजुद पनि जिप लाइनको आनन्द लिन पर्यटक आउने गरेका छन् । 

कैलालीको महोन्याल गाउँपालिका–७ पितमारी स्थित कर्णाली नदीको किनारमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको करिब १ सय ३० मिटर लामो लाइन निर्माण भएपछि जिपलाइन सेवा सञ्चालनमा आएको हो । साहसिक खेलको रुपमा रहेको जिप लाइनको मज्जा लिन अहिले दैनिक रुपमा पर्यटकको भिड लाग्ने गरेको छ ।

२०७६ सालको माघ महिनादेखि जिपलाइन सञ्चालनमा आए पनि कोभिड संक्रमणको जोखिमका कारण बन्द रहेको थियो । चिसापानी एड्भेञ्चर रिसोर्टले करिब १० लाख रुपैयाँ लागतमा यो जिपलाइन सेवा सञ्चालनमा ल्याएको हो । यस क्षेत्रमा घुम्न आउने पर्यटकका लागि साहसिक खेलको मनोरञ्जन दिने उद्देश्यले जिपलाइन सेवा सञ्चालनमा ल्याइएको सञ्चालक तपेन्द्र रावलले बताए ।  

जिपलाइनको अनुभव लिन आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । साहसिक खेल जिपलाइन खेल्नका लागि अहिले दैनिक २ सय देखि ३ सयको संख्यामा पर्यटकहरु आउने गरेका छन् ।





  • प्रकाशित मिति : मंसिर ३, २०७७ बुधबार १५:१५:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया