जाडोमा धेरै खानुपर्छ हरियो सागपात

हरियो सागसब्जीमा एंटीअक्सिडेन्ट, क्यान्सर प्रतिरोधि तत्व र कलेजोमा जम्मा हुने बिषाक्त तत्वलाई नष्ट गर्ने अन्य तत्वहरु प्रशस्त मात्रामा पाइन्छ ।

हाम्रो खेतबारीमा उत्पादन हुने बेथे, तोरी, मेथी, चम्सुर, पालुङ्गो लगायतका सागको प्रयोगबाट शरिरले प्रशस्त मात्रामा भिटामिन र फाइबर जस्ता पोषक तत्वहरु प्राप्त गर्दछ । यसले पाचन प्रणालीलाई बलियो बनाउँन मद्दत गर्छ । हरियो सागपात निरन्तर खानाले आखाको ज्योती तन्दुरुस्त रहन्छ । 

हरियो सागसब्जी बिभिन्न स्वादमा पाईन्छ । फरक स्वाद र सुगन्ध भएको सागसब्जीले झन् सागका पारखीहरुलाई आकर्षण गर्छ ।

गर्मी मौसममा उत्पादन गरिएको सागमा जाडोको तुलनामा धेरै किटाणु हुन्छ । त्यसैले रोगको संक्रमण हुने खतरा पनि बढी हुन्छ । तर जाडो भने सागको सिजन नै हो । जाडो मौसममा सागमा ब्याक्टेरीया निकै कम हुन्छ । सागबाट प्राप्त हुने बायो एक्टिब कम्पाउण्डले क्यान्सरसँग लड्न मद्दत गर्छ । शाकाहारीहरु सागलाई ‘सुपर फुड’ मान्छन् । 





  • प्रकाशित मिति : मंसिर ४, २०७७ बिहीबार २०:२९:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया