खेतमा देखिएको अजिंगर समाएपछि इन्स्पेक्टर चर्चामा

भारत उत्तर प्रदेशका एक प्रहरी अधिकारी अजिंगर समाएर चर्चामा आएका छन् । प्रतापगढ जिल्लाको मन्धाता प्रहरी चौकीका इन्स्पेक्टर सुशील कुमार अजिंगर समाएर चर्चामा आएका हुन् । उनी सर्प र अजिंगर समाउन माहिर मानिन्छ । 

इन्स्पेक्टर सुशीलले सोमबार पनियारी गाउँको एक खेतमा देखिएको अजिंगर उनले पक्रिएका हुन् । उनले अजिंगर समातेर एक कपडाको थैलोमा हाले अनि प्रहरी चौकीमा आए ।

प्रहरी चौकीमा राखिरहेको अवस्थामा थैलो फुट्यो र अजिंगर बाहिर निस्कियो । त्यहाँ रहेका अन्य प्रहरीहरु डराए र कोलहालको स्थिति सिर्जना भयो  ।  सुशीलले फेरि अजिंगर समाए अनि त्यसलाई नजिकैको वन क्षेत्रमा लगेर छाडिदिए । 

सुशीलले अबदेखि सर्प समाउनका लागि व्यक्तिहरुले वन विभागमा मात्रै नभई प्रहरी चौकी(आफू रहेको) मा फोन गर्दा पनि हुने बताए । ‘म जहाँ सरुवा भएर जान्छु, सर्प र अजिंगर समाउन मलाई बोलाउँछन्, अनि मै समात्छु’ उनले भनेका छन्  । सर्प र आफूलाई हानी नहुने गरी समात्न जानेकाले आफू  सर्प तथा अजिंगर समात्न नडराउने उनले बताएका छन् । 
 





  • प्रकाशित मिति : मंसिर ५, २०७७ शुक्रबार १८:०:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया