विदेश उड्नका लागि अब सरकारी ल्याबकै पिसिआर रिपोर्ट चाहिने
फाइल फोटो

विदेश जानका लागि गरिएको पिसिआर परीक्षणमा निजी प्रयोगशालाले बदमासी गरेपछि सरकारले नयाँ नीति ल्याएको छ । अब विदेश जानका लागि सरकारी प्रयोगशालाको पिसिआर परीक्षण मात्रै मान्य हुने भएको छ । 


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको आइतबारको बैठकले विदेश उड्नका लागि सरकारी प्रयोगशालाको पिसिआर रिपोर्ट मात्रै मान्य हुने निर्णय गरेको हो। 

विदेश उड्न चाहनेले सरकारी प्रयोगशालाकै पिसिआर रिपोर्ट देखाउनु पर्ने निर्णय भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए । 

केही निजी प्रयोगशालाहरूले स्वाब संकलन तथा परीक्षण नै नगरि रिपोर्ट बनाएको भन्ने खुलासा भएपछि यस्तो निर्णय गरिएको हो । 





  • प्रकाशित मिति : मंसिर ७, २०७७ आइतबार १६:२४:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया