धरानमा २५ र ६७ वर्षीय संक्रमितको मृत्यु

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ । ६७ वर्षीय र २५ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । 

प्रतिष्ठानका अनुसार सोमबार बिहान सुनसरी घर भएका ६७ वर्षीय पुरुष मृत्यु भएको हो । उनलार्य कात्तिक २६ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई  मंसिर १ गते अस्पताल भर्ना गरिएको थियो । सोमबार बिहान ६ः४० बजे मृत्यु  भएको प्रतिष्ठानले जनाएको छ ।

  त्यसैगरी बीपी प्रतिष्ठानमै उपचारतरत २५ वर्षीय युवकको पनि मृत्यु भएको छ । 

प्रतिष्ठानका अनुसार इलाम नगरपालिका–१ का २५ वर्षीय ती युवकलाई  मंसिर ५ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । उनको उपचारका क्रममा आइतबार राति साँढे ९ बजे मिनेटमा मृत्यु भएको हो। 





  • प्रकाशित मिति : मंसिर ८, २०७७ साेमबार १०:५७:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया