भारतीय विदेश सचिव बिहीबार नेपाल आउँदै

भारतीय विदेश सचिव हर्षवर्दन शृङ्गल दुई दिने औपचारिक भ्रमणका लागि बिहीबार नेपा आउने भएका छन् ।

परराष्ट्र सचिव भरतराज पौडेलेको निमन्त्रणमा उनी नेपाल भ्रमणमा आउन लागेका हुन् । । यो विगतका उच्चस्तरीय भ्रमणको निरन्तरता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणको पहिलो दिन दुई सचिवबीच द्विपक्षीय वार्ता हुनुका साथै सहयोगका विविध क्षेत्रबारे छलफल हुने जनाइएको छ ।

भ्रमणका क्रममा उनले उच्चस्तरीय भेटघाट गर्नुका साथै नेपाललाई कोरोना भाइरससँग जुध्न आवश्यक सामग्रीसमेत हस्तान्तरण गर्ने कार्यक्रम छ ।





  • प्रकाशित मिति : मंसिर ८, २०७७ साेमबार १५:७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया