कोरोनाबाट ३४ वर्षीय प्रहरी निरीक्षकको मृत्यु

कोरोनाबाट सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक नवीन बुढाथोकीको मृत्यु भएको छ । सशस्त्र प्रहरी बल १ नम्बर गण विराटनगरमा कार्यरत बुढाथोकीको सोमबार राति मृत्यु भएको उनका साथी सशस्त्रका प्रहरी निरीक्षक ईश्वर कोइरालाले जानकारी दिएका छन्।

कोइरालाका अनुसार बुढाथोकीलाई  कोरोना संक्रमण भएको दुईसाताअघि पुष्टि भएको थियो । यसअघि कुनै रोग नभएका बुढाथोकीलाई स्वास्थ्यमा समस्या देखिएपछि विराटनगरस्थि विराट नर्सिङ होममा भर्ना गरिएको थियो ।  

उनका सहब्याजी समेत रहेका  कोइरालाका अनुसार सुरुको एकसाता आइसीयूमा राखेर उपचार गरिएको थियो । स्वास्थ्यमा थप समस्या देखिएपछि भेन्टिलेटरमा राखिएको थियो । सोमबार राति  ११  बजेतिर बुढाथोकीको मृत्यु भएको हो । 

३४ वर्षीय बुढाथोकीको स्थायी घर तेह्रथुम रहेका सशस्त्र प्रहरी निरीक्षक कोइरालाले जानकारी र्दि । 
 





  • प्रकाशित मिति : मंसिर ९, २०७७ मंगलबार ८:३१:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया