बेवारिसे शव व्यवस्थापनमा संलग्न सपना बिबिसी वर्ष महिलाको सूचीमा
पशुपति आर्यघाटमा बेवारिसे शव जलाउँदै सपना । तस्बिर : बिबिसी नेपालीले बनाएको रिपोर्टको भिडियोबाट

बेवारिसे शव व्यवस्थापनमा अभियानमा लागिरहेकी नेपालका किशोरी सपना रोका मगर बीबीसीको वर्षका प्रभावशाली महिलाको सूचीमा परेकी चिन् । 

बिबिसीले प्रत्येक वर्ष विश्वभरि विशेष योगदान दिने १०० महिलाको नाम प्रकाशित गर्ने गरेको छ । यसै सूचीमा नेपालकी १९ वर्षीया मगर परेकी हुन् । सपना बिबिसीको  #BBC100Women कार्यक्रम अन्तर्गत वर्ष महिला बन्न सफल भएको बिबिसीले जनाएको छ । 

बीबीसीको सूचीमा परेपछि उनले आफू गौरवान्वित भएको बताएकी छन्।

‘यसबाट मैले थप प्रोत्साहन पाएकी छ। अनि यो सामान्य नेपाली महिलाको लागि प्रेरणा हो, हामी सबैको लागि ठूलो सम्मान हो।’

सपनाले एक सय हाराहारी शवको व्यवस्थापन गरिसकेकी छिन् । 





  • प्रकाशित मिति : मंसिर ९, २०७७ मंगलबार १२:४४:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया