वीरका पदाधिकारीलाई अस्पताल प्रवेशमा रोक

लामो समयदेखि आन्दोलनरत वीर अस्पतालका कर्मचारीले निर्देशकलगायत पदाधिकारीलाई अस्पताल प्रवेशमा रोक लगाएका छन् । 

माग सम्बोधन नगरेको भन्दै कर्मचारीले अस्पतालका निर्देशकलगायत पदाधिकारीलाई अस्पताल प्रवेश गर्न दिएका छैनन् । 

अब पनि प्रशासनले कुनै पहल नगरे वीर अस्पतालमा इमर्जेन्सीबाहेक अन्य सेवा बन्द गर्ने चेतावनी युनियनले दिएको छ । अस्पतालका स्वास्थ्यकर्मीले दैनिक बिहान १० बजेदेखि १२ बजेसम्म धर्ना, नारा, जुलुसलगायतका गतिविधि गर्दै आएका छन् ।

मुलुककै जेठो र पुरानो अस्पतालका कर्मचारी गुणस्तरीय सुरक्षा सामग्री, तलब र जोखिम भत्ताको माग राखेर आन्दोलनरत छन् । 

यसअगाडि पनि अस्पताल पदाधिकारीहरूलाई अस्पताल प्रवेशमा रोक लगाएपछि प्रशासनले सोमबार आन्दोलनरत कर्मचारीलाई वार्तामा बोलाएको थियो ।

वार्तामा अस्पताल प्रशासनले कर्मचारीका माग सम्बोधन गर्ने प्रयास नगरेको वीर अस्पताल ट्रेड युनियन तथा पेसागत संगठनका सचिव दीपक मुडभरीले जानकारी दिए ।
 





  • प्रकाशित मिति : मंसिर ९, २०७७ मंगलबार १४:४७:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया