परिसूचकसँगै कारोबार रकम पनि बढ्यो


मंगलवार सेयर बजार पुनः उकालो लागेको छ । सोमवार २ दशमलव ३८ अंक घटेको बजार मंगलवार २९ दशमलव ६८ अंक बढेर १८१० दशमलव ११ विन्दुमा पुगेको छ । मंगलवार सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ४२ अंक बढेर ३४९ दशमलव ३७ बिन्दुमा पुगेको छ ।

सोमवारको तुलनामा मंगलबार कारोबार रकममा पनि वृद्धि भएको छ । सोमवार ४ अर्ब ७६ करोडको सेयर कारोबार भएकोमा आज कारोबार ५ अर्ब ४४ करोड २९ लाख ५० हजार  रुपैयाँ पुगेको छ ।

मंगलबार १९६ ओटा कम्पनीको ४९ हजार ७८३ पटकको व्यापारमा १ करोड १७ लाख ४८ हजार ५२० कित्ता सेयर कारोबार भएको छ । मंगलवार सर्वाधिक कारोबार गर्नेमा एनआईसी एसिया बैंक अगाडि छ । सर्वाधिक रकमको कारोबार भएको बैंकको सेयरमूल्य मंगलवार ६९७ कायम भएको छ । 

मंगलवार आठ वटा कम्पनीको सेयरमूल्य सर्किट लेभलमा बढेको छ । यो दिन बोटलर्स नेपाल तराईको ९ दशमलव ९९ प्रतिशत, हिमालयन डिष्टिलरीको ९ दशमलव ९८ प्रतिशत, विशाल बजार कम्पनीको ९ दशमलव ९५ प्रतिशत, आँखुखोला जलविद्युतको ९ दशमलव ९२ प्रतिशत, मल्टिपर्पस फिनान्सको ९ दशमलव ८७ प्रतिशत, अजोड इन्स्योरेन्सको ९ दशमलव ८६ प्रतिशत, ङादी ग्रुप पावरको ९ दशमलव ७३ प्रतिशत र नेको इन्स्योरेन्सको ९ प्रतिशतले सेयरमूल्य बढेको हो ।

उच्च अंकले बढेको बजारमा सोल्टी होटल र सप्तकोशी डेभलपमेण्ट बैंकको सेयरमूल्य सर्वाधिक घटेको छ । यो दिन होटल समूहको १ दशमलव ६५ प्रतिशत परिसूचक घटेको छ भने बाँकी समूहको बढेको छ । 



मंगलवार व्यापारिक समूहको परिसूचक सर्वाधिक ८ दशमलव २३ प्रतिशतले बढेको छ । त्यस्तै, बैंकिङको शून्य दशमलव ११ प्रतिशत, विकास बैंकको शून्य दशमलव ६१ प्रतिशत, जलविद्युतको १ दशमलव ५ प्रतिशत, वित्तको शून्य दशमलव ७१ प्रतिशत, निर्जीवन बीमाको ३ दशमलव ५४ प्रतिशत, उत्पादन तथा प्रशोधनको ५ दशमलव ८६ प्रतिशत, अन्यको ४ दशमलव ५४ प्रतिशत, लघुवित्तको शून्य दशमलव ९३ प्रतिशत, जीवन बीमाको २ दशमलव ३३ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ९२ प्रतिशत परिसूचक बढेको छ ।



  • प्रकाशित मिति : मंसिर ९, २०७७ मंगलबार १६:५६:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया