कराँते टोलीलाई खेलकुद सामग्री हस्तान्तरण

टोकियो ओलम्पिकमा सहभागी हुने नेपाली कराँते टोलीका खेलाडीहरुलाई खेल सामग्री प्रदान गरिएको छ ।

कराँते टोलीका दुई खेलाडी र एक जना प्रशिक्षक गरी तीन जनालाई मंगलबार एक कार्यक्रमको आयोजना गरी खेल सामग्री वितरण गरिएको हो । नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागका सचिव मीनकृष्ण महर्जन सहभागी कार्यक्रममा विनोद महर्जन र रवि महर्जनले केल्मीको जुत्ता, ट्रयाकसुट र ब्याग प्रदान गरे । कोभिडको समयमा कुनै पनि खेलकुद प्रतियोगिताहरु सञ्चालन हुन नसकेको अवस्थामा खेलाडीहरुलाई भएको सहयोग र प्रोत्साहनले ठूला हौसला प्रदान भएको प्रशिक्षक दीपक श्रेष्ठले बताए ।

खेलाडीहरु नवीन रसाइली र अनु अधिकारी तथा प्रशिक्षक दीपक श्रेष्ठलाई सामग्री प्रदान गरिएका हो । महर्जनले ट्रयाकसुट र जुत्ता गरी जम्मा ४९ हजारको सामग्री प्रदान गरे । उनी ललितपुर जिल्ला किक बक्सिङ संघका अध्यक्ष समेत हुन् । यस्तै रविले १५ हजार बराबरको ब्याग हस्तान्तरण गरे । उनी आठौं दक्षिण एसियाली खेलकुद अन्तर्गत कराँतेका स्वर्ण विजेता हुन् ।





  • प्रकाशित मिति : मंसिर ९, २०७७ मंगलबार १७:१३:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया