काउली खेतमा हिड्दा करेन्ट लागेर मृत्यु
सांकेतिक फोटो

करेन्ट लागेर महोत्तरीमा एकजनाको मृत्यु भएको छ। भंगाहा नगरपालिका–९ पथलैया का ४१ वर्षीय रामनारायण साहको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार मंगलबार राति साह भंगाहा नगरपालिका–४ कोबीबारीस्थित काउली खेतको बाटो भएर हिड्दै थिए ।  सो स्थानमा  विद्युतीय  नांगोतारले छुँदा उनलाई करेन्ट लागेको हो ।  

करेन्ट लाग्दा गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लैजानेक्रममा मृत्यु भएको प्रहरी जनाएको छ । 





  • प्रकाशित मिति : मंसिर १०, २०७७ बुधबार १३:२१:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया