बिहारमा पहिलो पटक भाजपाका बिधायक सभामुख चुनिए

बिहार विधानसभाको नयाँ सभामुखमा  वियज कुमार सिन्हा चुनिएको छन्। बुधबार विधानसभामा भएको मतदानमा भारतीय जनता पार्टीका सांसद कुमार सिन्हा सभामुखमा निर्वाचित भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । 

मत विभाजनमार्फत भएको मतदानमा उनको पक्षमा बहुमत बहमत पुगेको छ।  आजतक का अनुसार सिन्हालाई समामुख बनाइयोस भन्ने पक्षमा १२६ मत र विपक्षमा ११४ मत परेको छ। 

सिन्हा लखीसरायबाट विधायकमा निर्वाचित भएका हुन्। उनलाई बधाई दिँदै मुख्यमन्त्री नीतीश कुमारले आगामी दिनमा विधानसभाको कामकारबाही सफल ढंगले सञ्चालन हुने विश्वास व्यक्त गरेका छन्।  बिहारमा पहिलो पटक भारतीय जनता पार्टीका बिधायक सभामुखमा चुनिएका हुन् । 

नेपालसँग सिमाना जोडिएको बिहारमा केहीदिनअघि भएको विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी, जनता दल युनाइटेड लगायतको एनडीए गठबन्धनले बहुमत पाएको थियो। एनडीए गठबन्धनबाट नीतीश कुमार पुन बिहारको मुख्यमन्त्री बनेका छन्। 
 





  • प्रकाशित मिति : मंसिर १०, २०७७ बुधबार १३:५७:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया