१० खेलाडीमा सीमित बार्यन म्युनिख ३-१ ले विजयी

बुधबार राति भएको च्याम्पियन्स लिग फुटबल अन्तर्गतको खेलमा विजयी भए भएको बार्यन म्युनिख अन्तिम १६ मा स्थान सफल भएको छ । घरेलु मैदानमा भएको खेलमा म्युनिखले एफसी रेड बुल साल्ज्बर्गलाई ३-१ ले पराजित गरेको हो । 

खेलको ४२ औं मिनेटमा बार्यनका लागि रोबर्ट लेवान्डोस्कीले पहिलो गोल गरे । खेलको ५२ मिनेटमा किङ्गस्ले कोम्यानले दोस्रो गोल गरे भने लिरोल सानेले ६८ मिनेटमा तेस्रो गोल गरे । ​

बार्यनका मार्को रोको ६६ औँ मिनेटमा दोहोरो पहेँलो कार्ड खाँदै मैदान छोड्न बाध्य भएका थिए । लगातार तीन गोल खाएको रेड बुलका लागि खेलको ७३ औं मिनेटमा बेरिशले सान्त्वना गोल गरे । 

बुधबार रातिको खेलमा शानदार जित दर्ता गर्दै  समूह ‘ए’ को बार्यनले नकआउट चरणमा स्थान बनाएको हो ।





  • प्रकाशित मिति : मंसिर ११, २०७७ बिहीबार ७:३९:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया