१ रन जोड्दा वेस्ट इन्डिजको ५ विकेट गुमेपछि

अहिले न्युजिल्यान्ड र वेस्ट इन्डिजबीच टी–२० खेल चलिरहेको छ। न्युजिल्याण्डको इडनपार्क क्रिकेट मैदानमा भइरहेको खेलमा वेस्ट इन्डिजले टस हारेर ब्याटिङको निम्तो पाएको थियो। वेस्टइन्डिजका लागि ओपनिङमा अन्द्रे फ्लेचर र ब्रेन्डन किंग आएका थिए।  ३ ओभरमा कुनै विकेट नगुमाई ५५ रन बनाइसकेका थिए। न्युजिल्याण्डविरुद्ध वेस्ट इन्डिजले पावरप्लेमै सय रन कटाउने संकेत देखाएको थियो। 

चौथो ओभरपछि वेस्ट इन्डिजको दशा सुरुभयो। न्युजिल्याण्डमा बलरले क्षणभरमै खेल उल्ट्याइदिए। खेलको ३.२ ओभरमा लोकी फर्गुसनले अन्द्रे फ्लेचरलाई बोल्ट आउट गर्नुअघि फ्लेचरले ३४ रन बनाएका थिए। टिमले ५८ रन जोडी सकेको थियो तर त्यसपछि खेलले नाटकीय रुप लियो। वेस्ट इन्डिजले  थप एक रन जोड्दा टिमले मात्र १ रन बनाउदा थप ४ विकेट गुमायो। 

चौथो ओभरकै अन्तिम बलमा सिम्रोन हेटमायर बिना कुनै रन पेभिलियन फर्किए।  ४.२ ओभरमा टिम साउदीले किंग्सलाई १३ रनमा जेम्स निसमको हातबाट क्याच आउट गराए त्यही ओभरको पाँचौं बलमा साउदीले रोभमन पावलेलाई बिना कुनै रन फर्गुसनको हातबाट क्याच आउट गराए।

५.१ ओभरमा फर्गुसनले निकोलस पुरनलाई १ रनमा एल बिडब्ल्युको शिकार बनाए। ३.१ ओभरमा ५८ रन बनाउँदा कुनै विकेट नगुमाएको वेस्ट इन्डिज ५.१ ओभरमा ५९ रन पुग्दा ५ विकेट गुमाउन पुग्यो। 

यसरी संकटको अवस्थामा पुगे पनि त्यसपछि वेस्ट इन्डिजलाई कप्तान किरोन पोलार्ड र फाबियन एलानले उत्कृष्ट साझेदारी गर्दै टोलीलाई उच्च स्कोरतर्फ डोर्याए ।  यी दुईले छैटौँ विकेटका लागि  ८४ रनको साझेदारी गरेका थिए। एलनले २० बलमा २६ रन बनाउँदा कप्तान पोलार्ड ३७ बलमा ४ चौका र ८ छक्काको मदतमा ७५ रनमा अविजित रहे।  

वर्षाले बिथालेर १६ ओभरमा झारिएको खेलमा वेस्ट इन्डिजले १८० रन जोड्यो। डक वर्थ लुइस नियमका आधारमा न्युजिल्याण्डले १७६ रनको टार्गेट पायो। न्युजिल्याण्डले   १५.२ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पार गर्दै जित हात पार्‍यो। 
 





  • प्रकाशित मिति : मंसिर १२, २०७७ शुक्रबार १६:२:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया