कोरोनापछिको निमोनियाका कारण कांग्रेसका क्षेत्रीय सभापतिको मृत्यु
फाइल फोटो

कोरोना संक्रमणपछि भएको निमोनियाका कारण नेपाली कांग्रेसका एक क्षेत्रीय सभापतिको मृत्यु भएको छ। नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर १ का सभापति तथा महासमिति सदस्य ईश्वरी कोइरालाको मृत्यु भएको हो।

उनलाई कोरोना संक्रमणपछि रिपोर्ट नेगेटिभ आइसकेको थियो । निमोनियाको समस्या देखिएका कारण  विराटनगरस्थित नोबल अस्पतालमा उपचाररत थिए । 

कोइरालाको  शुक्रबार  बिहान १०ः२४ मृत्यु भएको नेपाली कांग्रेसका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए।

कोइराला गत निर्वाचनमा प्रदेशसभा सदस्य उम्मेदवार पनि थिए।
 





  • प्रकाशित मिति : मंसिर १२, २०७७ शुक्रबार १६:२१:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया