\
समाचार एजेन्सी एएफपीका अनुसार इरानको रक्षा मन्त्रालयले इरानी वरिष्ठ परमाणु वैज्ञानिकको हत्या गरेको जनाएको छ ।
समाचार एजेन्सीका अनुसार इरानको राजधानी तेहरानमा उनको हत्या भएको हो ।
यी वैज्ञानिकको नाम अझै सार्वजनिक भएको छैन । तर, अर्को समाचार एजेन्सी एपीले चाहिँ वैज्ञानिकको नाम मोहसिन फखरिजादेह भएको जनाएको छ ।
इजरायलले यी वैज्ञानिकमाथि इरानले सन् २००० को सुरुवात देखि नै नजरबन्द लगाएको बताएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।