बिहेपछिको पार्टीमा शाहरुखले गौरीलाई भनेका थिए– बुर्का लगाउ, नमाज पढ !

बलिउडमा निकै चर्चित र रुचाइएको जोडी हो, शाहरुख खान र गौरीको जोडी । यी दुई दुवै फरक फरक धर्मका हुन् र उनीहरुले यसलाई आफ्नो जीवनमा खासै असर पर्न दिएका छैनन् । 

तर, विवाह लगत्तै भएको पार्टीमा शाहरुखले जे गरेका थिए, त्यसले अहिले चर्चा पाएको छ । 

खासमा यी दुईको विवाहको पार्टीमा गौरीका आफन्तहरु आएका रहेछन् । अनि उनीहरुले शाहरुखले अब गौरीलाई मुस्लिम बनाउने होला भनेको शाहरुखले नै सुनेछन् ।

‘अनि मैले गौरीलाई भने,’ शाहरुखले केही समयअघि एक अन्तर्वार्तामा भनेका छन्, ‘बुर्का लगाउ, अब नमाज पढौँ ।’ उनले त्यही अन्तर्वार्तामा खासमा यो गौरीको विषयलाई लिएर धर्मको कुरा उठाउनेहरुलाई शिक्षा दिन भनेको बताएका छन् ।
 





  • प्रकाशित मिति : मंसिर १३, २०७७ शनिबार २३:३९:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया