कोरोना संक्रमित कुन जिल्लामा कति थपिए ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप १३०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३४ हजार ७५६ पुगेको छ । तीमध्ये कोरोनाका सक्रिय संक्रमितको संख्या १६ हजार ६३३ छ ।

गत २४ घण्टामा प्रदेश १ को इलाममा ११, उदयपुरमा २, ओखलढुंगामा ४, खोटाङमा २, झापामा ६८, ताप्लेजुङमा २, तेह्रथुममा २, धनकुटामा २, पाँचथरमा १, भोजपुरमा २, मोरङमा ६१ र सुनसरीमा ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश २ को धनुषामा १४, पर्सामा ३, बारामा ४, महोत्तरीमा ३, रौतहटमा ३, सप्तरीमा ९, सर्लाहीमा ४ र सिरहामा ५ जना कोरोना संक्रमित थपिएका छन् । 

बागमती प्रदेशको काठमाडौंमा ४ सय ९ जनामा कोरोना पुष्टि भएको छ । त्यसैगरी, काभ्रेमा ४०, चितवनमा २२, दोलखामा २, धादिङमा ८, नुवाकोटमा १, भक्तपुरमा ३६, मकवानपुरमा २९, रामेछापमा ४, ललितपुरमा ८५, सिन्धुलीमा २ र सिन्धुपाल्चोकमा ११ जना कोरोना संक्रमित थपिएका छन् ।

यसैगरी, गण्डकी प्रदेशको कास्कीमा १००, गोरखामा ३, तनहुँमा १०, नवलपरासी पूर्वमा १५, पर्वतमा १, मुस्ताङमा २, म्याग्दीमा १, लमजुङमा ४, बागलुङमा १३ र स्याङ्जामा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ८, कपिलवस्तुमा ९, गुल्मीमा ९, दाङमा ४, नवलपरासीमा ६, पाल्पामा १४, प्युठानमा ४, बर्दियामा १९, बाँकेमा ३०, रोल्पामा १ र रुपन्देहीमा ४५ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा कर्णाली प्रदेशको कुनै पनि जिल्लामा कोरोना संक्रमित भेटिएका छैनन् । 

सुदूरपश्चिम प्रदेशको अछाममा १९, कञ्चनपुरमा १४, कैलालीमा ११, डडेल्धुरामा १२, डोटीमा १, दार्चुलामा १, बझाङमा १०, बाजुरामा ६ र बैतडीमा १८ कोरोनामा कोरोना पुष्टि भएको छ ।



  • प्रकाशित मिति : मंसिर १६, २०७७ मंगलबार १७:३५:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया