चेल्सीलाई शीर्ष स्थानमा उक्लिने अवसर

इंग्लिस प्रिमियर लिगमा शनिबार (आज) चेल्सीले घरेलु मैदानमा लिड्स युनाइटेडको सामना गर्दै छ । खेल नेपाली समयअनुसार राति पौने २ बजे हुनेछ ।

चेल्सी घरेलु मैदानको फाइदा उठाउँदै आजको खेलमा जित निकालेर लिगको शीर्ष स्थानमा उक्लिने दाउमा छ । हालसम्म ऊ १० खेलबाट १९ अंक जोड्दै तेस्रो स्थानमा छ । 

लिड्स पनि चेल्सीलाई हराउँदै अंक तालिका सुधार गर्ने प्रयासमा हुनेछ । हाल ऊ १० खेलबाट १४ अंकको साथ १२औँ स्थानमा छ । 

आज बेलुका सवा ६ बजे हुने खेलमा बर्नेलीले घरेलु मैदानमा एभर्टनको सामना गर्नेछ ।

९ खेलमा मात्र ५ अंक जोडर रेलिगेसन क्षेत्रमा रहेको बर्नेली आजको खेलमा जित हात पार्दै रेलिगेसन क्षेत्रबाट बाहिर निस्कने प्रयासमा हुनेछ । 

१० खेलबाट १६ अंकको साथमा आठौँ स्थानमा रहेको एभर्टन पनि आज जित हात पार्दै चौथो स्थानमा उक्लिने दाउमा हुनेछ । 



राति पौने ९ मा म्यानचेस्टर सिटीले घरेलु मैदानमा फुलहमसँग खेल्दै छ । 

९ खेलबाट १५ अंक जोडेको सिटी हाल अंक तालिकाको ११औँ स्थानमा छ । ऊ आजको खेलमा जित हात पार्दै अंक तालिका सुधार गर्ने प्रयासमा हुनेछ ।



फुलहम पनि आज जित हात पार्दै अंक तालिका सुधार गर्ने दाउमा हुनेछ । हाल ऊ १० खेलबाट ७ अंकका साथ १७औँ स्थानमा छ । 

राति सवा ११ मा वेस्ट ह्याम युनाइटेड र म्यानचेस्टर युनाइटेड आमने–सामने हुँदै छन् । खेल वेस्ट ह्यामको घरेलु मैदानमा हुनेछ । 

वेस्टह्याम यो खेलमा जित हात पार्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिने प्रयासमा हुनेछ । हाल ऊ १० खेलबाट १७ अंकको साथमा पाँचौँ स्थानमा छ ।

म्यानचेस्टरलाई पनि आजको खेलमा जित हात पार्दै शीर्ष ५ मा उक्लिने अवसर छ । हाल ऊ ९ खेलबाट १६ अंक जोड्दै ९औँ स्थानमा छ ।  

  • प्रकाशित मिति : मंसिर २०, २०७७ शनिबार १७:५५:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया