नेकपाको स्थायी समिति बैठक सुरु
फाइल फोटो

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समितिको बैठक सुरु भएको छ । पार्टी मुख्यालय धुमबाराहीमा केहीबेर अघिबाट बैठक सुरु भएको हो । 

बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली भने उपस्थित नभएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिएका छन् । आजको बैठकमा उपस्थित हुने प्रधानमन्त्री ओली आजको बैठकमा उपस्थित हुने तयारीमा नरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् 

पार्टीमा देखिएको विवाद कायमै रहेका बेला स्थायी समिति बैठक बस्न लागेको हो । पार्टीको सचिवालयमा उठेका विषयहरुलाई स्थायी समितिमा लगेर छलफल गर्ने तयारी नेकपाको छ। 

आजको स्थायी कमिटी बैठकमा यसअघि दुवैजना अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले सचिवालयमा पेस गरेको पत्र, सचिवालय सदस्यहरुले लेखेको पत्र, ओलीको जवाफलगायतका दस्तावेज पेस हुनेछ । 

पछिल्लो पटक गत भदौ २६ गते नेकपाको स्थायी समिति बैठक बसेको थियो । 





  • प्रकाशित मिति : मंसिर २१, २०७७ आइतबार १३:४३:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया