रुकुम पश्चिमको आठबिसकोटले सातै दिन विद्यालय सञ्चालन गर्ने

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले सातै दिन विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण लामो समय विद्यालय बन्द रहेकाले अब सातै दिन विद्यालय सञ्चालन गर्ने बताइएको छ । कुनै विशेष परिस्थितिबाहेक अन्य समयमा विद्यालय बन्द नहुने आठबिसकोट नगरपालिकाका प्रमुख गोर्खबहादुर केसीले जानकारी दिए । 

साथै उनले चालु वर्षको शैक्षिक सत्र वैशाखसम्म सुरु गर्ने बताए । ‘हामीले वैशाखसम्म विद्यालय सञ्चालन गर्ने तयारी गरेका छौँ,’ उनले भने, ‘लामो समय विद्यालयहरू बन्द रहे त्यो समयमा वैकल्पिक माध्यमबाट पढाउन सकिएन । त्यसैले अब १५५ दिन पढाउने गरी अघि बढेका छौँ ।’

शुक्रबार पनि पूरै दिन बढाइ हुने, शनिबार पढाइसँगै अतिरिक्त क्रियाकलाप सञ्चालन गरिने नगरपालिकाले जानकारी दिएको छ । विद्यालय व्यवस्थापन समितिको निर्णयपछि मात्रै नगरकार्यपालिकाले सातै दिन विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको प्रमुख केसीको भनाइ छ ।

नगरभित्रका ६१ वटा सामुदायिक र २ वटा संस्थागत विद्यालय रहेका छन् । आठबीसकोटमा २०७६ चैत ११ गतेदेखि बन्द भएका विद्यालय कात्तिक १६ गतेदेखि सञ्चालन गरिएको थियो ।





  • प्रकाशित मिति : मंसिर २१, २०७७ आइतबार १६:३:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया